३० जेठ २०८३, शनिबार

प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवलाई सिंहदरबार बोलाए, त्रैमासिक समीक्षा हुने

मंसिर १२, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवलाई सिंहदरबार बोलाए, त्रैमासिक समीक्षा हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरूको प्रथम त्रैमासिक समीक्षा बैठक बोलाएका छन् । 

बुधबार दिउँसो ३ बजे बस्नेगरी ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा समीक्षा बैठक बोलाएको उनको सचिवालयले जनाएको छ। 

बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई बोलाइएको छ ।

प्रधानमन्त्री ओलीले गत भदौ २७ गते चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरू र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता गरेका थिए ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग मिलेर सरकार चलाइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्