०२ साउन २०८३, शनिबार

जनकपुर र अयोध्यालाई हवाई सेवामार्फत जोड्ने प्रयासमा छौं : मन्त्री पाण्डे

मंसिर १२, २०८१
काठमाडौं
जनकपुर र अयोध्यालाई हवाई सेवामार्फत जोड्ने प्रयासमा छौं : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको माध्यमबाट समेत जोड्नु पर्ने बताएका छन् । 

बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको 'विश्व फलक पर राम' (साहित्यिक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयी अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै मन्त्री पाण्डेले धार्मिक रूपले जोडिएको सम्बन्धलाई हवाई सेवाका माध्यमबाट समेत अघि बढाउनु पर्ने बताएका हुन्। यसका लागि मन्त्रालयले समेत तयारी गरिरहेको मन्त्री पाण्डेको भनाइ छ ।

मन्त्री पाण्डेले अहिलेको अवस्थामा रामको मार्गदर्शन झनै व्यापक बन्दै गएको बताउँदै विश्वभरी फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनः जागरणमा योगदान गर्नुपर्नेमा जोड दिए । 

दुई दिनसम्म चल्ने गोष्ठीमा भगवान रामका विविध पक्षमा चर्चा गरिनेछ । कार्यक्रममा सामेल हुन आएका विभिन्न देशका प्रतिनिधिलाई मन्त्री पाण्डे नेपालको विविधतापूर्ण संस्कृतिलाई विश्वमा पुर्‍याउन सहयोग गर्न समेत आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्