२३ जेठ २०८३, शनिबार

औद्योगिक क्षेत्र निर्माण अलपत्र परेको भन्दै ​बैजनाथको सर्वदलीय टोलीले​ बुझायो प्रचण्डलाई ज्ञापनपत्र

मंसिर १२, २०८१
बाँके
औद्योगिक क्षेत्र निर्माण अलपत्र परेको भन्दै ​बैजनाथको सर्वदलीय टोलीले​ बुझायो प्रचण्डलाई ज्ञापनपत्र

बाँकेको बैजनाथ गाउँपालिकाको सर्वदलीय टोलीले​ पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापन पत्र बुझाएको छ ।​​​​

नौवस्ता औद्योगिक क्षेत्र निर्माणका विषयमा पहल गरिदिन आग्रह गर्दै सर्वदलीय टोलीले​ बुधबार प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको महत्त्वपूर्ण योजना अहिले अलपत्र परेको भन्दै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् ।

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले निर्माणमा पहल गरिदिन आग्रह गर्दै यसअघि नेपाली कांग्रेस र नेकपा एमाले निकट जनप्रतिनिधिलेसमेत आग्रह गरेका थिए ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले यो महत्त्वपूर्ण कामका लागि आफ्नो पहल निरन्तर रहने बताए ।

salt training

कमेन्ट गर्नुहोस्