२१ असार २०८३, आइतबार

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार, रिट खारेज

मंसिर १२, २०८१
काठमाडौं
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार, रिट खारेज

सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गरिएको रिट खारेज गरेको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार उक्त आदेश गरेको हो ।

प्रहरी हिरासतमा रहेका प्रसाईंका हकमा उनका छोरा निराजन प्रसाईंले गृहमन्त्रालय समेतलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश गरेको हो । 

साथै सर्वोच्चले विपक्षीको नाममा निर्देशानात्मक आदेशसमेत जारी गरेको छ ।

विदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै 'फेक डकुमेन्ट' सार्वजनिक गरेको अभियोगमा उनलाई सीआईबीको टोलीले यही मंसिर ४ गते पक्राउ गरेको थियो । 

यसअघि उनी असोज ६ गते पनि पक्राउ परेका थिए । सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको उजुरीको आधारमा साइबर ब्यूरोले उनलाई पक्राउ गरेको थियो । अदालतको आदेशबाट पछि उनी धरौटीमा रिहा भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्