०७ साउन २०८३, बिहीबार

अबको रणनीति निर्यात बढाउनु हो : मन्त्री भण्डारी

मंसिर १२, २०८१
काठमाडौं
अबको रणनीति निर्यात बढाउनु हो : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु भएको बताएका छन् । उद्योग सङ्गठन मोरङको प्रतिनिधिमण्डलसँग आज भएको अन्तक्र्रियामा उनले स्वदेशी उत्पादन बढाउँदै निर्यातमा जोड दिनुपर्ने बताए । 

मन्त्री भण्डारीले भारतसँगको विषयलाई आगामी दिनमा हुने सचिवस्तरीय बैठकमार्फत सहजीकरण गरिने बताए । उनले आफ्नो मन्त्रालय मातहतका निकायबाट काममा ढिलासुस्ती नहुने प्रतिबद्धता जनाए । 

सङ्गठनका पदाधिकारीहरूले मन्त्री भण्डारीसमक्ष आफ्ना समस्याहरू सुनाउनुभएको थियो । सङ्गठनका महानिर्देशक चूडामणि भट्टराईले स्वदेशमा उत्पादित सामग्री भारत निर्यात गर्दा भारत पक्षले रोक लगाएको हुँदा यस विषयमा सहजीकरण गरिदिन आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्