२६ जेठ २०८३, मंगलबार

अर्काको चेक चोरीगरी पैसा साट्ने दुई जना पक्राउ

मंसिर १४, २०८१
मोरङ
अर्काको चेक चोरीगरी पैसा साट्ने दुई जना पक्राउ

अर्काको चेक चोरीगरी पैसा सटही गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजविराज नगरपालिका-६ खर्साल टोल बस्ने १९ वर्षीय सुमित सागर यादव र २३ वर्षीय टंक प्रसाद यादव रहेका छन् । 

उनीहरूले मंसिर ७ गते बुढीगंगा गाउँपालिका-४ स्थित मनमोहन स्मृति पोलिटेक्निक परिसरको लेखा शाखाको कोठा भित्रबाट विभिन्न बैंकका हस्ताक्षर गरेको ६ वटा र खाली चेक ८ वटागरी जम्मा १६ वटा चेकहरू चोरीगरी उक्त चेकहरूमध्ये एभरेष्ट बैंकको चेकबाट कीर्ते सही छापगरी २ लाख ६६ हजार ६ सय ९२ रूपैयाँ सटही गरेको र एभरेष्ट बैंक दुहवी सुनसरी शाखाबाट सटही गर्ने क्रममा इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूउपर जिल्ला अदालत मोरङबाट चोरी सम्बन्धी मुद्धामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्