
लुम्बिनी बौद्ध विश्वविद्यालयका २ सय ८९ जना विद्यार्थी दीक्षित भएका छन् ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न सङ्कायमा उपाधिप्राप्त २ सय ८९ जना दीक्षित गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरेका छन् ।
ललितपुर जन्मिएकी ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएको अतुलनीय योगदानप्रति सम्मान गर्दै शुक्रबार सम्पन्न १७ औं विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वविद्यालय अवस्थित छ ।