१९ असार २०८३, शुक्रबार

संसदमा पर्याप्त र खुला छलफल गरेर मात्रै बिआरआईमा हस्ताक्षर गर्नुपर्छ : कोइराला

मंसिर १४, २०८१
विराटनगर
संसदमा पर्याप्त र खुला छलफल गरेर मात्रै बिआरआईमा हस्ताक्षर गर्नुपर्छ : कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदमा पर्याप्त र खुला छलफल गरेर मात्रै बिआरआईमा हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।

कोइरालाले बिआरआईका विषयमा कांग्रेस-एमालेले तयार गरेको दस्ताबेजलाई गहन छलफल गरेर यदि ठिक छ भने मात्रै चिनियाँ पक्षलाई कन्भिन्स गर्नुपर्ने बताए ।

शुक्रबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै कोइरालाले बिआरआई जस्तो संवेदनशील बिषयलाई सडकमा ल्याएर उराल्ने काम भएको बताए । 

बिआरआईका विषयमा नेपाली जनताले राम्रोसँग बुझ्दै नबुझेको भन्दै उनले यसलाई जनताले केवल ऋण वा अनुदान भन्ने मात्रै बुझेको कोइरालाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्