
कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेडमा रहेको सीएसएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेको बाँकी ३३.३३ प्रतिशत शेयर खरिद गरेको छ।
सीएसएपीएलको कार्ल्सबर्ग इन्डिया प्रालि (सीआईपीएल) मा १०० प्रतिशत शेयर स्वामित्व रहेको छ ।
नेपालमा पनि सीएसएपीएलले गोर्खा ब्रुअरी प्रालि (जीबीपीएल) मा शेयर स्वामित्व खरिद गरी व्यवसाय सञ्चालन गरिरहेको छ।
२०८१ साल साउन १८ गते जारी गरिएको प्रेस वक्तव्यमा उल्लेख भए अनुसार कार्ल्सबर्ग ग्रुपले अब भारतमा रहेको व्यवसायको शतप्रतिशत स्वामित्व ग्रहण गरेको छ ।
सीएसएपीएलमार्फत गोर्खा ब्रुअरीमा ९९.९४ प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।