०५ साउन २०८३, मंगलबार

जनकपुरबाहेक अन्य टिममा मार्की खेलाडी कप्तान

मंसिर १५, २०८१
काठमाडौं
जनकपुरबाहेक अन्य टिममा मार्की खेलाडी कप्तान

 घरेलु क्रिकेटको नयाँ युगको सुरुवात हुने र क्रिकेटको व्यावसायिकतामा नयाँ आयाम थप्ने बहुप्रतीक्षित नेपाल प्रिमियर लिग आज (शनिबार) देखि सुरु हुँदै छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै एनपिएलमा सहभागी आठ टिमका कप्तानको घोषणा गरेको छ । आठ टोलीका कप्तानले आफूहरू उत्कृष्ट खेल दिन आतुर रहेको जनाउँदै जित नै आफ्नो लक्ष्य रहेको बताएका छन् । 

पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सको कप्तानमा अनिल शाह नियुक्त भएको घोषणा गरिएको थियो । अन्य टिमले मार्की खेलाडीलाई नै कप्तान बनाएका छन् । जस अनुसार विराटनगर किङ्ग्सको कप्तानमा सन्दीप लामिछाने, चितवन राइनोजको कुशल मल्ल, काठमाडौँ गुर्खाजको करण केसी, पोखरा एभेन्जर्सको कुशल भुर्तेल, लुम्बिनी लायन्सको रोहित पौडेल,‌ कर्णाली याक्सको सोमपाल कामी र सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्