०३ असार २०८३, बुधबार

‘क्यान्सरबारे जनचेतना फैलाउन आवश्यक छ’

मंसिर १५, २०८१
काठमाडौं
‘क्यान्सरबारे जनचेतना फैलाउन आवश्यक छ’

काठमाडौँ महानगरपालिका (कामपा) की उपप्रमुख सुनिता डङ्गोलले क्यान्सरका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताएकी छन् । 

ऐन्ट फाउन्डेसनद्वारा आयोजित ‘क्यान्सर सचेतना र प्रारम्भिक पहिचान’ सम्बन्धी छलफलमा उनले रोग लाग्नुभन्दा नलाग्न दिनु नै उत्तम हुने भएकाले जनचेतना फैलाउन र नियमित रुपमा स्वास्थ्य परीक्षण गराइराख्नु पर्नेमा जोड दिइन्। कामपाले स्वास्थ्य सेवामा सबैको पहुँचमा पुर्‍याउन स्वस्थ्य प्रवर्द्धन केन्द्रको अवधारणा जानकारी दिँदै उपप्रमुख डङ्गोलले वडावडामा खोलिएका सहरी क्लिनिकले नियमित परीक्षण गराउनुपर्छ भनेर सचेतना फैलाइरहेको बताइन् । 

    स्तन क्यान्सर सर्जन डा सुजिता हिराचनले नेपालमा हरेक वर्ष क्यान्सर रोगपीडितको सङ्ख्या बढ्दै गएको र अधिकांश ढिलो गरी अस्पताल आउँदा समस्या हुने गरेको धारणा राखिन् । 

    क्यान्सर रोग विशेषज्ञ डा उज्ज्वल चालिसेले धेरै महिला क्यान्सरको स्क्रिनिङबाट वञ्चित रहेको बताए । 
    क्यान्सर सर्भाइभर (विजेता) तथा नर्स इनु बस्नेतले आत्मबलले नै क्यान्सर जित्न सकेको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्