२८ जेठ २०८३, बिहीबार

सिरहामा गाडीको ठक्करबाट सशस्त्रका सईको मृत्यु

मंसिर १६, २०८१
काठमाडौं
सिरहामा गाडीको ठक्करबाट सशस्त्रका सईको मृत्यु

सिरहामा डिउटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को गाडीको ठक्करबाट मृत्यु भएको छ । 

बरियारपट्टी गाउँपालिका- १ कचनारीमा आइतबार बिहान ३ बजेतिर नम्बर नखुलेको गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको हो ।

जिल्ला  प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका सई यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको हो। उनी सशस्त्रको बीओपी बरहरीमा कार्यरत थिए । 

प्रहरीका अनुसार सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाको थियो । तीव्र गतिमा आएको गाडीलाई रोक्न खोजेपछि सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्