२५ असार २०८३, बिहीबार

श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

मंसिर १६, २०८१
काठमाडौं
श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले कञ्चनपुरमा एक जनालाई पक्राउ गरेको छ । 

३० वर्षीया ज्योती बिष्टको हत्या गरेको आरोपमा भीमदत्त नगरपालिका-८ तिलाचौर बस्ने ४८ वर्षीय नरेन्द्र सिंह बिष्टलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

नरेन्द्रले मादक पदार्थ सेवन गरी हँसिया प्रहार गर्दा ज्योतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्