
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा ६९ दशमलव ४१ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन अधिकारी अमरबहादुर वलीले ३ हजार ३ सय ७९ मत खसेको जानकारी दिए । तीन वटै मतदान स्थलमा गरी ६९.४१ प्रतिशत मत खसेको उनको भनाइ छ ।
मतगणनाका लागि सबै तयारी पूरा भएको भन्दै उनले राति ८ बजेदेखि गणना शुरू हुने बताए ।
मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीका अनुसार पतरिया स्वास्थ्य चौकीको माथिल्लो हलमा मतगणना स्थलको व्यवस्था मिलाइएको छ। जहाँ तारजाली र ५ वटा सिसी टिभी क्यामेरा पनि राखिएको छ।
मतगणना स्थलमा १४ जना कर्मचारी र उम्मेदवार वा उनका प्रतिनिधिलाई मात्र प्रवेश दिने व्यवस्था गरिएको छ।
शुद्धोधन गाउँपालिका १ मा निर्वाचनका लागि दुई हजार ११२ महिला र दुई हजार ७ सय ५६ पुरुष गरी चार हजार ८ सय ६८ मतदाता रहेका थिए।
नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रिक्त पदको लागि निर्वाचन भएको हो।
उक्त पदका लागि चार स्वतन्त्रसहित १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।