१७ असार २०८३, बुधबार

कोकिनसहित केन्याली नागरिक पक्राउ

मंसिर १६, २०८१
काठमाडौं
कोकिनसहित केन्याली नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित आज एक केन्याली महिला पक्राउ परेकी छिन् ।

सशस्त्र प्रहरी बल नेपाल विमानस्थल भन्सार सुरक्षा बेस र विमानस्थल भन्सार कार्यालयको संयुक्त जाँचका क्रममा हाते झोलाभित्रको खेलौनामा लुकाएर ल्याइएको ६ किलो आठ सय ४० ग्राम कोकिन जस्तो पदार्थसहित केन्याली महिला छिलियन केरुबो ओगिटो पक्राउ परेकी हुन् । 

कतार एयरवेजको उडानबाट आएकी उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई बुझाइको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्