
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारूलाई पराजित गर्दै माओवादीका माझी अध्यक्षमा निर्वाचित भएका हुन् ।
माझी ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका थारू ५३३३ मतसहित दोस्रो भए ।
यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए । माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो ।
२०७९ को स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारू विजयी भएका थिए । उनले ७६०५ मत पाएका थिए ।
त्यतिबेला एमालेका शिवनारायण माझी थारूले ६०९३ मत र माओवादी केन्द्रका विजयकुमार सरदारले २७२७ मत पाएका थिए ।
एमालेका उम्मेदवार तुलसीराम माझी ४२५९ मतसहित तेस्रो भएका छन् ।
१६ हजार १९४ मत खसेको ग्रामथानमा १५ हजार ८८९ सदर भएको थियो ।
यसअघि आजै बिहान दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका थिए । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो ।