
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार डंगोलले ३३५ मतको अग्रता बनाएका हुन् । उनले १३१३ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार सुरेन्द्र मानन्धर ९७८ मत ल्याएका छन्।
माओवादीका शिवशरण महर्जनले ७१६ मत ल्याएका छन् । राप्रपाका ध्रुव महर्जनले २२७ मत प्राप्त गरेका छन् ।
यसैगरी राजमान महर्जनले ५२० मत ल्याएका छन् भने दिनेश अधिकारीले ६३१ मत ल्याएका छन् ।
कीर्तिपुरमा अघिल्लोपटक कांग्रेसका राजकुमार नकर्मीले जितेका थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा कीर्तिपुरमा २१ हजार मत खसेको थियो ।