१० साउन २०८३, आइतबार

अति विशिष्टको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन, ओलीको बिदाइमा २ मन्त्री मात्र विमानस्थल पुगे

२ मन्त्री मात्र
मंसिर १७, २०८१
काठमाडौं
अति विशिष्टको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन, ओलीको बिदाइमा २ मन्त्री मात्र विमानस्थल पुगे

यसअघि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अति विशिष्ट र विशिष्ट व्यक्ति विदेश भ्रमण जाँदा र फर्किंदा विमानस्थलमा राज्यका उच्च पदस्थ अधिकारीको लर्को लाग्ने गरेको थियो । तर, सोमबार प्रधानमन्त्री केपी शर्मा ओली चीन जाँदा विमानस्थलमा उच्च पदस्थहरूको लावालस्कर देखिएन ।

ओलीलाई बिदाइ गर्न उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मात्रै गएका थिए । 

बिदाइमा सभामुख र राष्ट्रिय सभा अध्यक्षलगायत अन्य मन्त्रीहरू गएनन् । 

यसअघि सरकारले ‘अति तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) कार्यविधि, २०८१’लाई संशोधन गर्दै 

विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरेको थियो । कार्यविधि संशोधन भएसँगै प्रधानमन्त्री जाँदा उच्च पदस्थ अधिकारीको लर्को घटेको हो ।

नयाँ कार्यविधिमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमण हुँदा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभा अध्यक्ष बिदाइ र स्वागतका लागि विमानस्थलमा जानु नपर्ने व्यवस्था छ ।
 

salt training

कमेन्ट गर्नुहोस्