
उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री ओली चीन भ्रमणमा गएपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।
प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम सम्हाल्ने गरी राष्ट्रपतिले सिंहलाई कार्यवाहक तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।
उपप्रधानमन्त्री सिंहले दोस्रोपटक कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । यसअघि प्रधानमन्त्री ओली अमेरिका भ्रमण गएका बेला पनि सिंहले कावा प्रधानमन्त्रीको जिम्मेवारी पाएका थिए ।
