२८ जेठ २०८३, बिहीबार

कांग्रेस–एमाले मिलेको पालिकामा माओवादी १ हजार ५४५ मतले अगाडि​

मंसिर १७, २०८१
रुकुम पूर्व
कांग्रेस–एमाले मिलेको पालिकामा माओवादी १ हजार ५४५ मतले अगाडि​

रुकुमपूर्वको पुथा उत्तरगंगाको उपाध्यक्षमा कांग्रेस र एमाले मिल्दा पनि माओवादी केन्द्रकी उम्मेदवारले निरन्तर अग्रता बनाइरहेकी छिन् । 

नेकपा माओवादी केन्द्रकी नरपुरा बुढाले ३ हजार २१८ मत प्राप्त गरेकी छिन् ।

नेपाली काङ्ग्रेस र नेकपा एमाले गठबन्धनकी उम्मेदवार केशकुमारी तुलाचनले १ हजार ६७३ मत ल्याएकी छिन् । 

सत्तारुढ दुई ठूला दल मिले पनि माओवादीकी बुढा १ हजार ५४५ मतान्तरले अगाडि छिन् । 

माओवादीको प्रभाव क्षेत्र भन्दै कांग्रेसको समर्थनमा एमालेकी केशकुमारी तुलाचन रुख चिन्हबाट उठेकी हुन् ।

तर दुई ठूला दल मिल्दा पनि माओवादी उम्मेदवार उपाध्यक्षको जीततर्फ अगाडि बढेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्