०८ असार २०८३, सोमबार

स्थानीय तह उपनिर्वाचनः राति अबेरसम्मै सबै नतिजा आइसक्ने

मंसिर १७, २०८१
काठमाडौं
स्थानीय तह उपनिर्वाचनः राति अबेरसम्मै सबै नतिजा आइसक्ने

स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ । 

निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना जारी छ । मतगणना जारी रहेका बाँकी चारै स्थानको नतिजा पनि आजै राति अबेरसम्म आइसक्ने अनुमान गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । 
 
 

salt training

कमेन्ट गर्नुहोस्