३० असार २०८३, मंगलबार

कोशीमा एमाले प्रमुख सचेतकको जिम्मेवारी लिङ्थेपलाई

मंसिर १७, २०८१
विराटनगर
कोशीमा एमाले प्रमुख सचेतकको जिम्मेवारी लिङ्थेपलाई

नेकपा एमालेले कोशी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा विदुर लिङ्थेपलाई नियुक्त गरेको छ ।

एमालेका संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लिङ्थेपलाई सोमबार प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

प्रमुख सचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानून मन्त्री भएपछि प्रमुख सचेतकको जिम्मेवारी लिङ्थेपलाई दिइएको हो । 

संखुवासभाको मादी नगरपालिकाका पूर्वमेयर समेत रहेका लिङ्थेप संखुवासभा-१ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । 

salt training

कमेन्ट गर्नुहोस्