१६ असार २०८३, मंगलबार

बीबीसीको प्रभावशाली ‘सय महिला' सूचीमा नेपालकी शिलशिला आचार्य

मंसिर १८, २०८१
काठमाडौं
बीबीसीको प्रभावशाली ‘सय महिला' सूचीमा नेपालकी शिलशिला आचार्य

बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य पनि परेकी छिन् । 

सन् २०२४ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालमा सबैभन्दा ठूलो प्लास्टिक रिसाइक्लिंग नेटवर्क चलाउने आचार्य पनि परेकी हुन् । 

उनको फोहोर व्यवस्थापन व्यवसाय अवनी भेन्चर्सले विपन्न व्यक्तिहरूलाई रोजगारी प्रदान गर्नुका साथै हरित क्षेत्रमा महिला सहभागिता बढाउन केन्द्रित रहेको बीबीसीले जनाएको छ । 

सन् २०१४ मा सञ्चालित ‘धन्यवाद, म मेरो झोला बोक्छु’ अभियानमा शिशिला आचार्यले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । त्यसपछि प्लाष्टिकका झोलामाथि प्रतिबन्ध लगाइएको थियो ।

null

जलवायु तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतना अभियान चलाउने शिशिलाले हिमालमा पर्वतारोहीले छोडेको फोहोर सफा गर्ने वार्षिक अभियानमा पनि योगदान दिएकी छिन् । सन् २०१९ देखि हालसम्म उनले हिमालबाट ११९ टन फोहोर निकालिसकेका छन् ।

आफ्नो कामबाट शिशिलाले जम्मा भएको फोहोरलाई रिसायकल गर्छिन् । हस्तशिल्पमा विज्ञ महिलाहरूले फोहोरबाट टोकरी, चटाई र कृत्रिम गहनाहरू तयार पार्छन्, जसले उनीहरूको जीविकोपार्जनमा पनि मद्दत गर्दछ।

यसअघस गत वर्ष सय महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत नेपालकी रुक्शना कपाली पनि परेकी थिइन् ।  

salt training

कमेन्ट गर्नुहोस्