०४ असार २०८३, बिहीबार

दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने

मंसिर १८, २०८१
काठमाडौं
दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप चार दिनको म्याद पाएको छ । साइबर अपराधको कसुरमा पक्राउ प्रसाईंलाई अदालतले म्याद थप दिएसँगै उनी थप चार दिन हिरासतमा रहने भएका छन् ।

उनीमाथि मंगलबार थप चार दिनको म्याद थप लिएर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रमुख, डीआईजी नवीन्द्र अर्यालले जानकारी दिए । उनी मंसिर ५ गते भक्तपुरबाट पक्राउ परेका थिए । 

प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएको आरोपमा पक्राउ परेका उनीमाथि विद्युतीय अपराध सजाय ऐन (साइबर अपराध)अन्तर्गत अनुसन्धान भइरहेको छ। प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्