०७ साउन २०८३, बिहीबार
यू-१९ एसिया कप

यू- १९ एसिया कपमा नेपालको सान्त्वना जीत, अफगानिस्तानलाई १ विकेटले हरायो

मंसिर १८, २०८१
काठमाडौं
यू- १९ एसिया कपमा नेपालको सान्त्वना जीत, अफगानिस्तानलाई १ विकेटले हरायो

एसीसी यू–१९ एसियाकप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले सान्त्वना जीत दर्ता गरेको छ ।

अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो ।

१२४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नरेन साउदले सर्वाधिक २६, हेमन्त धामीले २२ र अर्जुन कुमालले २१ रनको पारी खेले ।

कप्तान धामीले अविजित रहँदै नेपाललाई जीतसम्म डोहोर्‍याएका हुन् ।

यसअघिका खेलमा नेपाल श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो ।

आजको नतिजासँगै अफगानिस्तानले भने जीतविहीन रहँदै प्रतियोगिता टुंग्याएको छ ।

नेपाल रहेको समूहबाट श्रीलंका र बंगलादेश सेमीफाइनलमा पुगेका छन् ।

कमेन्ट गर्नुहोस्