
मंगलबार धनुषा र झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका-६ जगदेवपुल नजिक ढल्केवरबाट सिराहातर्फ जाँदै गरेको ज १ त ४६१६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक महोत्तरी भंगहा नगरपालिका-४ रामनगर बिर्ता बस्ने २८ वर्षीय सुनिल दासको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, झापाको मेचीनगर नगरपालिका-११ तेलिबारीमा बागमती प्रदेश ०१- ००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका-१० शहीद चोक बस्ने ५५ वर्षीय किसन न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।