०९ असार २०८३, मंगलबार

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा 'मार्शल कानुन'को घोषणा

मंसिर १८, २०८१
काठमाडौं
दक्षिण कोरियाका राष्ट्रपतिद्वारा 'मार्शल कानुन'को घोषणा

दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले देशमा 'मार्शल कानुन'को घोषणा गरेका छन् ।

मंगलबार अबेर राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले उत्तर कोरियाको कम्युनिष्ट शक्तिबाट देशलाई जोगाउन यो कदम आवश्यक भएको बताए।

राष्ट्रविरोधी तत्वलाई हटाउन यो कदम चालिएको पनि उनको भनाइ थियो । यद्यपि, युन सुक-योलले मासल कानुन कति समयसम्म लागू रहने स्पष्ट पारेका छैनन् । वास्तवमा, आपतकालको अवस्था हुँदा यस्तो कानुन लगाइन्छ।

यसैबीच विपक्षी लोकतान्त्रिक पार्टीले  भने मार्सल कानुन लगाउने घोषणालाई असंवैधानिक भएको प्रतिक्रिया दिएको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार सेनाले सबै प्रकारका संसदीय कारबाही निलम्बन गरेको घोषणा गरेको छ । योनहाप न्युज एजेन्सीले राष्ट्रिय सभाका सदस्यहरुलाई सभा भवनमा प्रवेश गर्न निषेध गरेको जनाएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा राजधानी सियोलको विधानसभा भवन बाहिर ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरिएको देख्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्