०२ साउन २०८३, शनिबार

ज्येष्ठ नागरिकलाई अब मासिक रु पाँच हजार वृद्ध भत्ता :  पोखरेल

कात्तिक २६, २०७४
ज्येष्ठ नागरिकलाई अब मासिक रु पाँच हजार वृद्ध भत्ता :  पोखरेल


काठमाडौँ, २६ कात्तिक - नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले जनताको लामो संघर्षबाट मुलुकमा प्राप्त भएको लोकतन्त्र र प्रजातान्त्रिक मूल्य मान्यतामा वाम गठबन्धनले कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको छ । 

बूढानीलकण्ठ नगरपालिका–५ मा सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको लोकतान्त्रिक समूहबाट वाम गठबन्धनले देशमा अधिनायकवाद कायम गर्न लागेको भनी विभिन्न भ्रम फैलाउने कार्य भइरहेकाले त्यस्तो भ्रमतर्फ नलाग्न आग्रह गर्नुभयो । 

लोकतान्त्रिक भनिएका दलले कम्युनिष्ट सरकारले ज्येष्ठ नागरिकलाई मार्ने, विधिको शासन उल्लङ्घन गर्ने, अराजकता मच्चाउने भनेर भ्रम फैलाउँदै आएको भए पनि विसं २०५१ मा बनेको पहिलो कम्युनिष्ट सरकारले वृद्ध भत्ता, सामाजिक सुधार, आफ्नो गाउँ आफैँ बनाऔँ जस्ता लोकप्रिय कार्यक्रम ल्याएको नेता पोखरेलले बताउनुभयो । 

निर्वाचनमा वाम सरकारलाई मतदान गर्न जनतालाई आग्रह गर्दै उहाँले ज्येष्ठ नागरिकलाई अब मासिक रु पाँच हजार वृद्ध भत्ता, दलित वर्गलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा वाम सरकारले उपलब्ध गराउने योजना रहेको जानकारी गराउनुभयो । 

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका उहाँले भन्नुभयो, “पोखरेलले मुलुकमा औद्योगिक तथा उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरिन्छ, १० वर्षभित्र मुलुकलाई सम्पन्न राष्ट्रका रुपमा स्थापित गरिन्छ ।” 

बूढानीलकण्ठ नगरपालिका–३ मा किरण ठकुरी शाही र बूढानीलकण्ठ नगरपालिका–५ मा राजेन्द्र सापकोटाको संयोजकत्वमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्