२१ जेठ २०८३, बिहीबार

कर्णालीले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो

मंसिर २१, २०८१
काठमाडौं
कर्णालीले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले टस जितेको छ । टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले बलिङ रोजेका हुन् । 

कर्णालीले फिल्डिङ रोजेसँगै चितवन राइनोजले पहिला ब्याटिङ गर्ने भएको छ । 

यसअघि यी दुवै टोलीले २/२ खेल खेलिसकेका छन् । चितवनले दुवै खेलमा जीत निकालेको छ भने कर्णालीले दुवैमा पराजय व्यहोरेको छ ।

चितवनले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । त्यस्तै चितवनले पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको फराकिलो जीत निकालेको थियो । 

आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटको पराजय व्यहोरेको कर्णाली दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्