![भुटानी राजाले गरे स्वयम्भूनाथको दर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Jigme_Khesar_in_swoyambhu_12_WKFbwOmRKA.jpg)
भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् ।
यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी उनलाई स्वागत गरेका थिए ।
करिब आधा घण्टा त्यहाँ रहेका भुटानी राजाले स्वयम्भूनाथ परिसरबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गरेका थिए ।
आज बिहान नेपाल आइपुगेका उनले स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम छ ।
भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौं आएका भुटानी राजा आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तस्वीरहरू














