२४ जेठ २०८३, आइतबार

न्युजिल्याण्डको हिमालमा बेपत्ता तीन आरोहीको मृत्यु

मंसिर २१, २०८१
काठमाडौं
न्युजिल्याण्डको हिमालमा बेपत्ता तीन आरोहीको मृत्यु

न्युजिल्यान्डको सबैभन्दा अग्लो हिमाल माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५६ वर्षीय अमेरिकी कर्ट ब्लेयर र ५० वर्षीय कार्लोस रोमेरोसहित एक क्यानेडियन आरोही (परिवारको इच्छाअनुसार नाम गोप्य राखिएको) रहेका बताइएको छ ।

दक्षिण टापुको तीन हजार ७०० मिटर अग्लो माउन्ट कुकको आरोहणबाट फर्कन नसकेपछि तीनै जना पाँच दिनअघि बेपत्ता भएका थिए ।

खतरनाक मौसमका कारण तीन दिनसम्म खोजी कार्य रोकिएको थियो, तर शुक्रबारको अवस्थाले अल्पाइन इलाकामा खोजीका लागि हेलिकप्टर र ड्रोन तैनाथ गर्न सहज भएको छ । 

खोजी टोलीले उनीहरूको एक थान ज्याकेट, हिँउमा बाटो बनाउन प्रयोग गरिने हतियारलगायत सामग्री भेटिएको जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्