
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले काठमाडौंका जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वाधिक व्यक्तिगत रन जोडेका छन् ।
शुक्रबार भएको पोखरा एभेन्जर्सविरुद्ध ९५ रन जोड्दै पौडेलले एउटै खेलमा सर्वाधिक व्यक्तिगत रन बनाएका हुन् ।
रोहित ५ रनले शतक बनाउनबाट चुके । यस क्रममा उनले ६ छक्का र १० चौका प्रहार गरे ।
रोहितको शानदार रनको मद्दतमा लुम्बिनीले पोखरालाई १७१ रनको लक्ष्य दिएको छ ।
लुम्बिनीको लागि टम मुर्सले ४५ रन बनाए ।
