
१७१ रनको लक्ष्य पच्छ्याएको पोखरा एभेन्जर्सले बिनाकुनै विकेटको क्षतिमा सय रन पूरा गरेको छ ।
८.१ ओभरको खेल सकिँदा पोखराले बिनाविकेट १ सय रन पूरा गरेको हो ।
एन्ड्रयु गसले २४ बलमा ६२ रन बनाएका छन् भने दिनेश खरेलले २५ बलमा ३३ रन बनाएर अविजित खेलिरहेका छ ।
८.२ ओभरको खेलसम्म पोखराले १०४ रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो खेलमा लुम्बिनीले दिएको १७१ रन लक्ष्यमा पोखराले जवाफी ब्याटिङ गरिरहेको छ ।