नेपाल प्रिमियर लीग एनपीएलमा पोखरा एभेन्जर्सले १० विकेटको शानदार जीत दर्ता गरेको छ ।
कीर्तिपुरमा लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य पोखराले विना विकेटको क्षतिमा पूरा गर्यो ।
पोखराको जीतमा साउथ अफ्रिकी मूलका अमेरिकी खेलाडी एन्ड्रिस गौसले शतकीय पारी (१०४ रन) खेले ।
उनलाई दिनेश खरेलले अर्धशतकीय पारी (६१ रन) खेल्दै साथ दिए ।
तीन खेलमा पोखराको यो पहिलो जीत हो । लुम्बिनीले भने लगातार २ हार व्यहोरेको छ ।
यसअघि कप्तान रोहित पौडेलको ९५ रनको मद्दतमा लुम्बिनीले १७० रनको स्कोर खडा गरेको थियो ।
बलरले साथ नदिँदा रोहितको उक्त पारी फिक्का हुन पुग्यो ।