१० साउन २०८३, आइतबार

बागमती प्रदेश लोकसेवा आयोगका सदस्य खड्काले लिए शपथ

मंसिर २१, २०८१
मकवानपुर
बागमती प्रदेश लोकसेवा आयोगका सदस्य खड्काले लिए शपथ

बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

यही मङ्सिर १३ गते आयोगको सदस्य नियुक्त भएका खड्काले आज प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका हुन् ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासमेत उपस्थित थिए ।

दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका–५ निवासी खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बनेका हुन् ।

यससँगै आयोगको बोर्डले पूर्णता पाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्