२४ जेठ २०८३, आइतबार

रवि लामिछानेलाई रातारात पोखरा लगिएकोमा रास्वपाको आपत्ति

मंसिर २१, २०८१
काठमाडौं
रवि लामिछानेलाई रातारात पोखरा लगिएकोमा रास्वपाको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगेको घटनाप्रति आपत्ति जनाएको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले लामिछानेलाई दिनभर चितवनमा बयान गराएपछि राति ३ बजे सडकमार्ग हुँदै पोखरा पुर्‍याइएको भन्दै आपत्ति जनाएको हो ।

रास्वपाले यो कार्यलाई सरकारद्वारा राज्य संयन्त्रको दुरुपयोग गर्दै लामिछानेलाई यातना दिने अमानवीय र अपमानजनक कदम भएको आरोप लगाएको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता ​मनीष झाकाक अनुसार लामिछानेको निजी डायरी हिरासतबाट गायब पारिएको छ । यसमा मानवअधिकार हनन भएको र संविधानको उल्लंघन भएको उनको दाबी छ ।

पार्टीले लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने सरकारको कदमको भर्त्सना गर्दै दोषमाथि कानूनी कारबाहीको माग गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्