२१ जेठ २०८३, बिहीबार

मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष गिरीको निधन

मंसिर २१, २०८१
कैलाली
मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष गिरीको निधन

कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ । दुई वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा आज दिउँसो दोदोधरा अस्पताल बौनियामा निधन भएको हो । 

उनी वडा नं ३ को अध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनका श्रीमतीसहित दुई छोरा र  एक छोरी छन् ।

कांग्रेस कैलालीका जिल्ला सदस्यसमेत रहेका गिरीको भोलि शनिबार फलेबिसौनामा अन्त्येष्टि गरिने कांग्रेस कैलालीका नेता देवानन्द जैशीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्