
तेह्रथुमको आठराई गाउँपालिका-२ खाम्लालुङमा स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ। पूर्वशहरी विकास मन्त्री सीता गुरुङ र भारतीय दूतावासका प्रथम सचिव अविनासकुमार सिंहले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।
'नेपाल भारत विकास सहकार्य'अन्तर्गत भारतको ३.५४ करोड आर्थिक सहयोगमा स्वास्थ्य चौकीको निर्माण गरिनेछ । स्वास्थ्य चौकीमा आकस्मिक वार्ड, प्रसूति वार्ड, जनरल वार्ड, प्रशासन शाखा र अन्य सम्बन्धित सुविधासहितको दुई तल्ले भवन बनाइने छ । भवनले स्थानीय स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा प्रथम सचिव सिंहले तेह्रथुमका लागि भारतीय दूतावासको यो पहिलो ठूलो सहयोग भएको बताए ।
आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले भारत सरकारप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता सहकार्यलाई थप विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे ।

सन् २००३ यता भारतले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । ४९० वटा परियोजना सम्पन्न गरिसकेको दूतावासले जनाएको छ ।