२० असार २०८३, शनिबार

सानैमा सिङ्गारु नाच्ने रहर​

मंसिर २२, २०८१
दाङ
सानैमा सिङ्गारु नाच्ने रहर​

नयाँपुस्ताका अधिकांश सिङ्गारु नाच्न छोडिसके, सिङ्गारु नाचको परम्परा बुढापाकाले नै धानिरहेको अवस्थामा छ भन्ने गुनासो आइरहेको अवस्थामा नयाँपुस्ता पनि यो नाचमा रमाउन चाहिरहेको छ, भन्ने एउटा उदाहरण बनेका छन्, तुलसीपुर–९ बेलुवा निवासी आठ वर्षीय प्रनिक बुढा ।

उनी हरेक कार्यक्रम, मेलालगायतमा सिङ्गारु नाच्दै आएका छन् । उनी बुढापाकासँगै स्टकोट, दौरा सुरुवालमा सजिएर नाच्छन् । ​

​प्रनिकका बुवा कृष्ण बुढा पनि सिङ्गारु नाच्नुका साथै मादल, बाँसुरी पनि बजाउँछन् । बुवाको देखेर आफूलाई पनि नाच्न मन लागेको प्रनिक बताउँछन् । 'मेला, पूजामा बुवा नाच्न जानुहुन्छ, अनि मलाई पनि नाच्न मन लाग्छ,' उनले भने, 'अनि दौरासुरुवाल लगाएर बुवासँगै नाच्न जान्छु ।'​

​जीवनप्रेमी एकेडेमीमा कक्षा २ मा अध्ययनरत प्रनिक सानैदेखि सिङ्गारु नाचमा रुचि राख्ने गरेको उनका बुवा कृष्णले बताए । 'आफैं नाच्न रुचि राख्छ, आफैं नाच्न खोज्थ्यो,' उनले भने, 'त्यही भएर मैले पनि नाचगानमा सँगै लैजाने गरेको छु ।'

यो नाच नयाँ पुस्ताले नाच्न छोडेको भन्दै यसलाई संरक्षण गर्न नयाँ पुस्ता लाग्नुपर्ने उनको भनाइ छ ।​

सिङ्गारु नाच यस क्षेत्रको पहिचानका रुपमा लिइन्छ । पहाडी जिल्लामा यो नाच बढी नाच्ने चलन छ ।

दाङमा पनि पहाडी जिल्लाबाट बसोबास गरेर आएकाहरू धेरै रहेकाले यो नाच नाच्ने गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्