२८ जेठ २०८३, बिहीबार
मन्त्रालयको प्रशासनिक बागडोर सम्हालिरहेका डा. पाण्डे

‘कार्यालय सहयोगीलाई सचेत गराउँदा मन्त्रालय र विभागबाट दबाब आउँथ्यो’

मंसिर २२, २०८१
विराटनगर
‘कार्यालय सहयोगीलाई सचेत गराउँदा मन्त्रालय र विभागबाट दबाब आउँथ्यो’

२०६६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका डा. शरणकुमार पाण्डेले हाल कोशी प्रदेश कृषि मन्त्रालयको प्रशासनिक बागडोर सम्हालिरहेका छन् । शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका उनको डोटीको कृषि निर्देशनालयमा पहिलो पोस्टिङ भएको थियो । धादिङमा जन्मे/हुर्केका पाण्डे सरकारी जागिरको शुरूमै डोटी पुग्दा निकै कठिन महसुस भएको थियो । तर, सरकारी जागिर खाएपछि खटाएकै ठाउँमा जानैपर्‍यो ।

कार्यालय पुगेपछि भने ऊर्जाका साथ काम गरेको उनले बताए । एक वर्ष त्यहाँ काम गरेपछि उनको जिल्ला पशु सेवा कार्यालय प्युठानमा सरुवा भयो । 

त्यसपछि उनको किसानका लागि उन्नत बिउविजन भन्ने प्रोजेक्ट अन्तर्गतको कार्यक्रममा सरुवा भयो । प्रोजेक्ट अधिकृत भएर उनले २ वर्ष काम गरे । 

प्रोजेक्ट अधिकृत हुँदाहुँदै उनले उपसचिवमा नाम निकाले । २०७२ सालको भूकम्पको बेला जिल्ला पशु सेवा कार्यालय काभ्रेमा सरुवा भयो । 
त्यहाँ पनि उनले ५ महिनाभन्दा बढी काम गर्न पाएनन् । भित्री कारणले आफ्नो सरुवा भएको उनले बताए । तर कारण भने उनले खुलाउन चाहेनन् । 

फेरि उनको प्युठानमा सरुवा भयो । त्यहाँ भने उनले झण्डै तीन वर्ष काम गरे ।  देशमा संघीयता आएपछि धेरै कार्यालयहरू कटौतीमा परे । केही पालिकामा आए भने केही प्रदेशमा आए । 

कर्मचारी  समायोजन हुँदा उनी बागमती प्रदेशको कृषि मन्त्रालयमा पुगे  । २ वर्ष मन्त्रालयको महाशाखा प्रमुख भएर काम गरे । तत्कालीन दुग्ध विकास बोर्डको निर्देशक भएर पनि काम गरे । 

२०७७ फागुन २० गते उनी सहसचिव भए । ५ महिना राष्ट्रिय पशु आहारा कार्यालयमा उनले काम गरे ।  त्यसपछि बागमतीको कृषि मन्त्रालयको सचिव भएर कृषिको प्रशासनिक बागडोर पनि सम्हाले । १३  महिना उनले मधेश प्रदेश सचिव भएर पनि काम गरे । 

मन्त्रीको ५ दिन, सचिवको ३ दिन, ९/१० र ११ औं तहका कर्मचारीको २ दिन तथा अधिकृतभन्दा तलका कर्मचारीको १ दिनको तलबले अनिवार्य घ्यू खरिद गरिएको थियो ।

आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा उनले कयौं चुनौतीको सामना पनि गर्नुपर्‍यो । 

दिपायलमा जाँदा कर्मचारी तन्त्रको सिन्डिकेटको सामना गर्नुपरेको उनले बताए । ‘नयाँ कर्मचारी आएपछि सहज ढङ्गले नलिने परिपाटी रहेछ,’ उनले भने ‘७/८ महिना बस्दा शुरूमा गाह्रो नै भयो ।’

उनी निमित्त निर्देशकको भूमिकामा थिए । कार्यालय सहयोगीले समेत बाहिरका हाकिम भनेपछि नटेर्ने  गरेको उनले सुनाए । ‘निर्देशनालयमा एक जना कार्यालय सहयोगी हुनुहुन्थ्यो । अह्राएको  काम नटेर्ने गर्नुहुन्थ्यो । भर्खर जागिरमा प्रवेश गरेको म जोशिलै थिएँ । मैले काम नगरी कहाँ बस्न पाइन्छ भनें ? काम नगर्ने भए जानुहोससम्म भनिदिएँ । त्यसपछि थ्रेट आयो,’ उनले भने, ‘मन्त्रालय, विभागलगायत स्थानीय संघसंस्था तथा पत्रकारहरूले पनि गरिबको जागिर खाने भनेर इमोसनल धम्की दिए ।’

थ्रेट आए पनि राज्यको तलब खाएपछि काम गर्नुपर्छ भनेर आफूले अडान लिएको उनले बताए । पछिल्लो समय काम गर्ने मान्छेलाई राज्यले मोटिभेट गरिरहेकाले काम गर्ने हौसला मिलेको उनी बताउँछन् । 

२ वर्ष बागमतीको सचिव भएका पाण्डेले मधेश प्रदेश सरकारमा पनि १३ महिना बिताए । राज्यले पठाएका ठाउँमा चुनौती रहेको भन्दै उनी पन्छने भने गर्दैनन् । मधेश प्रदेश जानै हुँदैन, त्यहाँ अप्ठ्यारो छ भनेर उनलाई साथीदेखि परिवारले समेत मानेका थिएनन् ।

तर सरकारले पठाएको ठाउँमा जाने अडान लिएर उनी गए  । बाहिर आएका कुरालाई चिर्नुपर्छ भन्ने लागेर गएको उनले बताए । ‘राज्यले मलाई कोशी प्रदेशमा आइज भन्यो, त्यही आएँ । जुन उद्देश्यका साथ सरकारी सेवामा प्रवेश गरेको थिएँ, त्यही कुराको गम्भीर बहस गर्नुपर्ने र जवाफदेही बनाउनुपर्ने विषय सेवा प्रवाहमा आभास भइरहेको छ,’ उनले भने । 

मधेश प्रदेशमा घ्यूको बिक्री नभएर पशुपालक किसान विस्थापित हुने अवस्था बनिरहेको थियो । सोही समयमा प्रदेशको कृषि मन्त्रालयले एउटा नयाँ निर्णय गर्‍यो ।

null

मन्त्रीको ५ दिन, सचिवको ३ दिन र अन्य कर्मचारीको तलबबाट घ्यू खरिद गर्ने निर्णय आफ्नै पहलमा भएको उनले सुनाए ।

त्यसपछि उनीहरूले घ्यू खरिद गरेका थिए । मन्त्रीको ५ दिन, सचिवको ३ दिन, ९/१० र ११ औं तहका कर्मचारीको २ दिन तथा अधिकृतभन्दा तलका कर्मचारीको १ दिनको तलबले अनिवार्य घ्यू खरिद गरिएको थियो ।

किसानहरू पलायन हुने अवस्था आएपछि उक्त निर्णय गरिएको उनले बताए ।

भारतबाट आउने दूधको बिक्री वितरणमा रोक लगाएको पनि उनको दाबी छ । भारतबाट दूध आएपछि नेपाली किसानलाई समस्या परेको बिक्री नभएको भन्ने कुरा खाएपछि सीमा क्षेत्रमा गएर रोक लगाएको उनले बताए । ‘त्यहाँ धेरै थ्रेट छ, जान हुँदैन भनेर मलाई भन्थे उनले भने ‘म आफैं जान्छु भनेर बोडरमा पुगेर १३/१४ हजार लिटर चिलिङ सेन्टरलाई हटाएको थिएँ ।’ सूचीकृत नभएका विभिन्न जातका बिउहरूको बिक्री वितरणमा रोक लगाइएको पनि उनले स्मरण गरे ।

बुवाले दूध बेचेर पढाए

बुवा कृष्णप्रसाद पाण्डे र त्रित्रामाया पाण्डेका तीन जना छोराछोरी हुन् । उनकी दिदी अम्बिका पाण्डे जनस्वास्थ्य कार्यालय काठमाडौं छिन् भने भाइ राजकुमार पाण्डे अस्ट्रेलियामा छन् ।

बाल्यकाल विगतमा देशको जुन अवस्था थियो त्यसरी नै बितेको उनी बताउँछन् ।

बुवाले गाइ पालेर, दूध बेचेर हुर्काउनु भएको स्मरण गर्छन् शरण कुमार । धादिङको खानी गाउँमा उनको बाल्यकाल बित्यो । १० कक्षा पढ्दा बुवा बितेपछि भएको जग्गा बेचेर पढेको उनले बताए ।

‘आफैं सङ्घर्ष गरेर पढ्यौं । राम्रोसँग लाउन/खान पुग्दैन थियो । वर्षमा एकपटक कपडा फेर्न समस्या हुन्थ्यो । अहिले त्यो कुरा कथा जस्तो लाग्छ । आज म र मेरो परिवारसँग एउटा घर त परको कुरा कतै जमिन पनि छैन । अरूले पत्याउदैन् । इमान्दारीपूर्वक काम गर्दा धेरै समस्या भोगेको छु,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्