२१ जेठ २०८३, बिहीबार

अब बोलेर होइन काम गरेर देखाउनुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

मंसिर २२, २०८१
स्याङ्जा
अब बोलेर होइन काम गरेर देखाउनुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अब बोल्नेभन्दा पनि उपलब्धि देखाउनुपर्ने बताएका छन् । 

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ को मिर्मी बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आज उद्घाटन गर्दै उनले जनताले बोलीभन्दा पनि परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार सबै अगाडि बढ्नुपर्नेमा जोड दिए । “जनताको चाहना नै बोलीभन्दा पनि देखिने काम हुनुपर्‍यो भन्ने हो । काम हुनुपर्‍यो, चाँडै हुनुपर्‍यो, देखिनेगरी हुनुपर्‍यो भन्ने छ । अहिलेको सरकारले यो कुरा बुझेरै अगाडि बढिरहेको छ । यसमा सबैको सहयोग आवश्यक छ”, उपप्रधानमन्त्री सिंहले भने । 

पवित्र उद्देश्य राखेर आयोजना गरिएको महायज्ञको सफलताको कामना गर्दै उनले यस क्षेत्रको शैक्षिक धरोहरका रूपमा स्थापित हुँदै गरेको क्याम्पसको स्तरोन्नतिका लागि नेपाल सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । 

क्याम्पसको स्तरोन्नति गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्