२५ जेठ २०८३, सोमबार

कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

मंसिर २३, २०८१
धादिङ
कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

चितवनबाट काठमाडौंका लागि छुटेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो । बुलेट सडकबाट तल खसेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उक्त ग्यास बुलेट सतर्कतापूर्वक निकाल्ने प्रयास भइरहेको छ ।

यद्यपि घाइते कोही पनि भेटिएको छैन । अहिले चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।

सो क्षेत्र नजिकैका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्