२६ असार २०८३, शुक्रबार

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

मंसिर २३, २०८१
काठमाडौं
लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

लक्ष्मी सन्‌राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ ।​

बैंकको काठमाडौं महानगरपालिका वडा नम्बर २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा नम्बर ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले न्यु रोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्वतर्फ) मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्नेछ ।

हाल लक्ष्मी सन्‌राइज बैंकका ५९ जिल्लामा २५४ शाखा, ३२५ एटीएम, २६ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्