×

NMB BANK
NIC ASIA

चुनावी दौडमा ‘हाइ प्रोफाइल’ नवीन्द्रराज भन्दा ‘लो प्रोफाइल’ जीवनराम अगाडि

कात्तिक २७, २०७४

NTC
Premier Steels

काठमाडौं, २७ कात्तिक– दुई संविधानसभा चुनावमा कांग्रेसकोे वर्चश्व रहेको काठमाडौं क्षेत्र नम्बर ८ मा अहिले कम्युनिस्टको अवस्था पनि बलियो देखिन्छ । यो क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार नेपाली काँग्रेसका नबिन्द्रराज जोशीले २०७० को संबिधानसभा निर्वाचनमा १३ हजार ७ सय ७४ मत पाएर विजयी भएका थिए भने पहिलो संबिधानसभा निर्वाचन पनि उनी विजयी भएका थिए । 

Muktinath Bank

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामअनुसार भने वाम गठबन्धन अगाडि देखिन्छ ।  क्षेत्र ८ मा काठमाडौं महानगरपालिकामा १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाको ४ र ५ वडा पर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तहमा यो क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनको पक्षमा १६ हजार ३ सय ४९ मत र कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनको १३ हजार १ सय १९ मत खसेको थियो ।


Advertisment
Nabil box
Kumari

स्थानीय तहमा प्राप्त मतलाई आधार मान्ने हो भने वाम गठबन्धनका उम्मेद्वार जीवनराम श्रेष्ठ चुनावी दौडमा अगाडि छन् । भोटको आधारमा कांग्रेसका जोशी चाहिँ पछि छन् । 

Vianet communication

तर लोकतान्त्रिक गठबन्धनका नबिन्द्रराज जोशी विद्यार्थी राजनीतिदेखि लोकप्रिय रहेकाले उनको अवस्था पनि उत्तिकै बलियो रहेको मतदाताहरू नै बताउँछन् । अहिले वैकल्पिक शक्तिका रुपमा उदाएको विवेकशील साझा पार्टीका उम्मेद्वार पुकार बम पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेद्वार रहेकाले उनले समेत भोट काट्ने सम्भावना छ ।

क्षेत्र नम्बर ८ मा प्रदेश सभाका उम्मेदवार मध्ये लोकतान्त्रिक गठबन्धनबाट (क) की राज्य लक्ष्मी श्रेष्ठ वाम गठबन्धनका राजेन्द्र शाक्यसँग भिड्दैछिन् । यी दुई मध्ये श्रेष्ठले यसअघि सांसद रहँदा महिला तथा लघु उद्यमका क्षेत्रमा लोकप्रिय काम गरेकाले लघु उद्यमी महिलाहरुको भोट तान्ने सम्भावना रहेको मतदाताहरुको अनुमान छ ।

यसैगरी प्रदेशसभाको (ख) मा भने चर्चित नेतृ एमालेकी अष्टलक्ष्मी शाक्यसँग कांग्रेसका देवरत्न डंगोल भिड्दैन् । सो क्षेत्रमा भने एमालले नै जित्ने अनमाुन कांग्रेसकै कार्यकर्ताले गरिरहेका छन् । 

मतादाताहरुको आफ्नै अनुमान 
सो क्षेत्रका मतदाताहरुका आफ्नै अनुमान छन् । काठमाडौं महानगरपालिका वडा १३ कालिमाटी क्षेत्रमा,  वडा नम्बर १५ स्वयम्भु, डल्लु क्षेत्र, वडा नम्बर २० भिमसेनथानस्थान  क्षेत्र वडा नम्बर २४ इन्द्रचोक, असन बसन्तपूर क्षेत्रमा नेकपा एमालेको पकड राम्रो रहेको मतादाताहरु बताउँछन् । 

यी पाँच वटा वडा मध्ये वडा नम्बर २० मा भने काँग्रेसको उम्मेद्वारले जितेका थिए  । तर स्थानीय तहको निर्वाचनमा पार्टी भन्दा पनि व्यक्ति हेरिएकाले कसले जित्यो भन्ने कुरा महत्वपुर्ण नहुने वाफलका अनिल श्रेष्ठको भनाई छ ।

उनी भन्छन्, ‘बहुदलताका २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा एमालेले जितेको यो क्षेत्र संबिधानसभाका दुई वटा निर्वाचनमा कांग्रेसको हातमा पर्यो । तर फेरि स्थानीय तहमा त व्यक्ति हेरेर पनि भोट दिनेहरु छन् । यसलाई पार्टीका एजेण्डासँग तुलना गर्न पनि मिल्दैन ।’

श्रेष्ठसँगै डल्लु क्षेत्रमा भेटिएका अर्का मतदाता कविन्द्रमान प्रधानको अनुमान पनि उस्तै छ । उनी भन्छन्,  ‘स्थानीय तहमा बर्चश्व देखाएको एमालले बहुदलताका आफ्नो किल्ला जमाएको एमाले र उसको उम्मेद्वारले अहिले जित्छ नै भन्ने छैन । पहिलो  दोस्रो संबिधानसभा चुनावमा लोकप्रिय देखिएको काँग्रेस पनि जित्ने उत्तिकै सम्भावना छ ।’  

क्षेत्र नम्बर आठका काँग्रेसका उम्मेद्वार जोशी युवाहरु माझ लोकप्रिय रहेको अवस्थामा वामगठबन्धनले एमालेका तर्फबाट खासै राम्रो उम्मेदवार नउठाएकोले वाम गठबन्धन कमजोर हुनसक्ने आँकलन एमालेकै कार्यकर्ताले गरेका छन् । 

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंह (अहिले काठमाडौं क्षेत्र नम्बर एककाप्रतिनिधिसभा उम्मेद्वार) र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठकी पत्नी सहाना प्रधानबीच भएको प्रतिस्पर्धामा प्रधान विजयी भएकी थिइन् भने २०५१ सालको मध्यावधि चुनावमा एमालैकै राजेन्द्र श्रेष्ठ र २०५६ को आमनिर्वाचनमा पनि एमालेकै मंगलसिद्धि मानन्धर विजयी भएका थिए ।

यतिखेर जोशी र श्रेष्ठ दुवैले घरदैलो अभियान शुरु गरिसकेका छन् ।  अहिले दुवै उम्मेद्वार आआफ्नो जितमा ढुक्क छन् । दुबै जना विगतका नजीर सम्झिदै आफ्नो जितको आधार स्पष्ट पारिरहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x