
ताप्लेजुङको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता व्यक्तिको शव फेला परेको छ ।
घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराइमा बालुवाले पुरिएको अवस्थामा राजेन्द्र बुढाथोकीको शव फेला परेको हो ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले बालुवाले पुरिएको अवस्थामा बुढाथोकीको शव निकालेको जनाएको छ ।