२१ असार २०८३, आइतबार

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा

मंसिर २६, २०८१
काठमाडौं
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा

दक्षिण कोरियाली प्रहरीले राष्ट्रपतिको कार्यालयमा छापा मारेको छ । मार्सल लको प्रयासलाई लिएर प्रहरीले राष्ट्रपति कार्यालयमा छापा मारेको बीबीसीले जनाएको छ । 

राष्ट्रपति र उनका सहयोगीहरूमध्ये धेरैलाई यात्रा प्रतिबन्ध लगाइएको छ । राष्ट्रपति युनले यो प्रयासका लागि माफी मागेका छन् तर आफूलाई राजीनामा दिन बढ्दो आह्वानलाई स्वीकार गरेका छैनन् ।

गत साता राष्ट्रपतिलाई महाभियोग लगाउने प्रयास असफल भएको थियो । तर, विपक्षीहरूले अर्को महाभियोग मतदान गर्ने तयारी गरेका छन् ।

युनलाई पद छोड्न दबाब बढिरहेको छ । प्रदर्शनकारीहरू सडकमा निस्किएका छन् र राष्ट्रपतिलाई हटाउन माग गर्दै सोलमा हडताल गरेका छन्।

पूर्वरक्षामन्त्री किम योङ ह्युनले हिरासतमै आत्महत्याको प्रयास गरेको दक्षिण कोरियाको न्याय मन्त्रालयले जनाएको छ ।

किमले हिजोराति आत्महत्या गर्ने प्रयास गरेका हुन् । उनलाई हाल गार्डिङ कोठामा राखिएको छ ।

किमले कथित रूपमा राष्ट्रपतिलाई मार्शल ल घोषणाको प्रस्ताव गरेका थिए। त्यसको पूर्ण जिम्मेवारी आफूले लिएको भन्दै उनले गत बिहीबार राजीनामा दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्