३१ असार २०८३, बुधबार

भारतले आफ्ना ७५ नागरिकलाई सिरियाबाट सुरक्षित बाहिर निकाल्यो

मंसिर २६, २०८१
काठमाडौं
भारतले आफ्ना ७५ नागरिकलाई सिरियाबाट सुरक्षित बाहिर निकाल्यो

भारतले सिरियाबाट आफ्ना ७५ जना नागरिकलाई सुरक्षित रूपमा बाहिर निकालेको जनाएको छ । यी ७५ जनामा ​​जम्मू कश्मीरका ४४ तीर्थयात्रीहरू पनि छन्, जो साइबा जैनबमा फसेका थिए।

भारतीय विदेश मन्त्रालयले भनेको छ, 'सबै भारतीयहरूलाई सुरक्षित रूपमा लेबनान लगिएको छ, जहाँबाट उनीहरू व्यावसायिक उडानमार्फत् भारत आउनेछन् ।'

विदेश मन्त्रालयले सिरियामा रहेका सबै भारतीयहरूलाई दमास्कसस्थित भारतीय दूतावाससँग सम्पर्कमा रहन आग्रह गरेको छ । 

गत हप्ता सिरियाको तत्कालीन असद सरकारविरुद्ध विद्रोह भएको थियो, त्यसपछि बसर अल असदले सिरिया छोडेर रुस भागेका छन् । 

सिरिया अहिले विद्रोही समूहको नियन्त्रणमा छ । 

salt training

कमेन्ट गर्नुहोस्