०६ असार २०८३, शनिबार

महानगर दिवसको अवसरमा टुँडिखेलमा सांगीतिक कार्यक्रम, प्रवेश नि:शुल्क

मंसिर २६, २०८१
काठमाडौं
महानगर दिवसको अवसरमा टुँडिखेलमा सांगीतिक कार्यक्रम, प्रवेश नि:शुल्क

काठमाडौं महानगरपालिकाले ३०औं महानगर दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।

यही मंसिर २९ गते दिउँसो ३ बजे टुँडिखेल मैदानमा सांगीतिक कार्यक्रम हुनेछ ।

सांगीतिक कार्यक्रममा 'सुगम पोखरेल एन्ड बाजागाजा', 'कुमा सागर एन्ड द ख्वप, उर्गेन दोङसहित ख्यातिप्राप्त ब्याण्ड र कलाकारको प्रस्तुति रहनेछ ।

यस्तै, औपचारिक कार्यक्रममा स्थानीय मौलिक झाँकी प्रदर्शनी, विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वलाई सम्मानलगायतका कार्यक्रम गरिने महानगरले जनाएको छ ।

null

मौलिक खानाका स्टलहरू र मौलिक वस्तु तथा सामग्रीको प्रदर्शनले स्थानीय परम्परा र संस्कृति झल्काउने विश्वास महानगरले लिएको छ ।

कार्यक्रममा नि:शुल्क प्रवेश र (काठमाडौं टावर)मा नि:शुल्क पार्किङको व्यवस्था गरिएको छ ।

यो कार्यक्रम स्थानीय संस्कृति, कला र परम्परालाई प्रवर्द्धन गर्ने प्रयास भएको महानगरले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्