
निरन्तरको गिरावटपछि शेयर बजारमा बुधबार ४५.८८ अंकको वृद्धि देखिएको छ ।
बैंकिङ समूह ३.४३ अंकले बढ्दा नेप्से परिसूचक १.७१ प्रतिशतले बढेको हो ।
बुधबार कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन साढे ४ अर्ब पनि नपुगेको कारोबार रकम बुधबार ५ अर्ब नाघेको छ ।
बैंकले लिड गर्दा बुधबार म्युचुअल फन्डबाहेक सबै समूह बढेका छन् ।
बुधबार न्यादी र कुथेली बुखारी हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने खानीखोला र जोशी हाइड्रोपावरमा सर्वाधिक गिरावट आएको छ ।
भोलुमको हिसाबले जानकी फाइनान्स, एचआईडीसीएल, कुमारी बैंकलगायत अगाडि छन् । जानकी फाइनान्समा सबैभन्दा बढी रकमको कारोबार भएको छ ।