०६ साउन २०८३, बुधबार

शीर्ष ४ मा नपुग्ने पहिलो टोली बन्यो लुम्बिनी, काठमाडौंसँग १८ रनले पराजित

मंसिर २६, २०८१
काठमाडौं
शीर्ष ४ मा नपुग्ने पहिलो टोली बन्यो लुम्बिनी, काठमाडौंसँग १८ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाज १८ रनले विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले १०३ रन बनाएको थियो ।

१०४ रनको विजयी लक्ष्य पच्छ्याएको लुम्बिनी ८५ रनमै सीमित हुँदा पाँचौं पराजय ब्यहोर्न पुग्यो । ६ खेल खेलिसकेको लुम्बिनीले १ खेल भने जितेको छ ।

लुम्बिनीका सन्दिप जोराले २९ बलमा २ चौकाको मद्दतमा सर्वाधिक २६ रन बनाए ।

यस्तै उन्मुक्त चन्दले १४ रन जोडे । सूर्य तामाङले ११ रनमा अविजित रहे ।

बाँकी खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा काठमाडौंका करण केसीले ४ विकेट लिए भने ​दीपेश कँडेलले ३ विकेट लिए । 

यस्तै, जेरार्ड एरासमसले २, रासिद खानले १ विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्